arrow

ऐतिहासिक स्वर्ण जित्ने दिदी–भाई सम्मानित

logo
प्रकाशित २०७३ कार्तिक १३ शनिबार
ratna-and-nangsal-sammanit.jpeg

काठमाडौं । जेष्ट ब्याडमिन्टन एकेडेमी बसुन्धराले पाकिस्तानमा स्वर्णपदक जित्न सफल खेलाडी दिदी नङ्सल देवी तामाङ र भाई रत्नजित तामाङलाई सम्मान गरेको छ ।

एकेडेमीले शनिबार एक कार्यक्रमबीच स्वर्ण विजेता दिदी भाईलाई नगदसहित सम्मान गरेको हो । नङ्सल र रत्नको जोडीले पाकिस्तानमा सम्पन्न योनेक्स सनराइज इन्टरनेशनल ब्याडमिन्टन सिरिजमा स्वर्ण जितेको थियो । दिदी भाईले जितेको स्वर्ण नै नेपाली ब्याडमिन्टनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हो ।

यसक्रममा ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले संघले नै यस्तो कार्य गर्नुपर्नेमा जेष्ट ब्याडमिन्टनले सम्मान गरेर खेलाडीहरुमा हौसला थप्ने काम गरेको बताए ।

सम्मानित नङ्सलदेवी तामाङले यस्तो खालको सम्मानले खेलमा अझै उत्प्रेरणा मिल्ने बताइन् । रत्नजित तामाङले अघिल्लो महिना सम्पन्न प्रथम जेष्ट खुल्ला ब्याडमिन्टन च्याम्पियनसिपको पनि उपाधि जितेका थिए । 



नयाँ