arrow

इजरेलका तीन शहरमा पाँच हजार रकेट आक्रमण 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २० शनिबार
israel-rocket-attack-2023.jpg

काठमाडौँ । प्यालेस्टाइनी संगठन हमासले इजरेलका तीन शहरमा रकेट आक्रमण गरेको छ । शनिबार बिहान ८ बजेदेखि तीन शहरहरु राजधानी तेल अविव, स्देरोट र अश्कलोनमा आक्रमण गरेको हो । 

अहिलेसम्म हमासले इजरेलमाथि पाँच हजार रकेट आक्रमण गरेको दाबी गरेको छ । यो आक्रमणलाई उसले ‘अप्रेशन अल–अक्सा फ्लड’ नाम दिएको छ । 

हमासका सैन्य कमाण्डर मोहम्मद दिफले जारी हमला जेरुसेलममा अल अक्सा मस्जिदमा इजरेलले अपवित्र गराएको बदला स्वरुप भएको बताएका छन् । इजरेली प्रहरीले गत अप्रिलमा अल–अक्सा मस्जिदमा ग्रेनेड प्रहार गरेको थियो । 

इजरेलले युद्दका लागि तयार रहेको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ