arrow

भीषण आक्रमणमा इजरेली मेयरसहित कम्तीमा २२ को मृत्यु, सय बढी घाइते  

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २० शनिबार
israel-attack-2023-10-07.jpg

गाँजा । मध्यपूर्वमा इजरेल र प्यालेस्टाइन बीचको स्थिति फेरि बिग्रिएको छ । हमास आतंककारीहरूले शनिबार बिहान गाँजा पट्टीमा आक्रमण गरेका छन् । सर्वप्रथम इजरेलमा हजारौँँ रकेट प्रहार गरेपछि लगातार जमीनबाट हमला गर्दै इजरेल प्रवेश गरेका छन् । 

सो क्रममा द स्पेक्टेटर इन्डेक्स नामक मिडिया प्लेटफर्मले हमासको आक्रमणमा कम्तीमा २२ इजरेली मारिएको दाबी गरेको छ।

केही आतंककारीहरू सडकबाट इजरेलमा प्रवेश गरे र उनीहरूले देखेका सबैलाई गोली हानेका छन् । हमासका लडाकुहरू  प्याराग्लाइडर प्रयोग गरेर सीमामा प्रवेश गरेको भिडियो बाहिर आएको छ । 

भिडियोमा गाँजा सहरमा भागदौड देखिएको छ भने प्यालेस्टाइनी प्रहरीको बख्तरबन्द र केही गाडीसमेत लुटेर उनीहरू प्यालेस्टाइनतर्फ फर्केका भिडियोहरू सार्वजनिक भएका छन । हजारौँ इजरेलीहरू गाँजाको क्षेत्रबाट भागाभाग भएको तथा हमासका हजारौँ लडाकुहरू प्यालेस्टाइनबाट इजरेली भूमि छिर्दै गरेको दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भएको छ ।  

अचानक भएको यो ठूलो हमला पछि इजरेलमा रेड अलर्ट जारी गरिएको थियो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तत्कालै आपतकालीन बैठक बोलाएर देशमा युद्धको घोषणा गरेका छन् । भीडन्त अहिले पनि जारी छ । 

मिडिया रिपोर्टका अनुसार प्यालेस्टाइनको आतंकवादी संगठन हमासले इजरेलमा ५ हजारभन्दा बढी रकेट प्रहार गरेको जनाइएको छ । 

हमासले गरेको घातक रकेट आक्रमणमा परी शार हानेगेभ क्षेत्रीय काउन्सिलका प्रमुख मेयर ओफिर लिब्स्टेनको मृत्यु भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इजरेलले बताएको छ ।     

“आतङ्कवादीको आक्रमणको बेला सहरको रक्षा गर्न गएका ओफिर मारिए”, काउन्सिलको विज्ञप्तिलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । उनको मृत्युपछि काउन्सिलका उपप्रमुख योसी केरेनलाई अन्तरिम प्रमुख बनाइएको छ ।

पछिल्लो समाचारअनुसार हमासको रकेट आक्रमणमा परी २२ जनाको मृत्यु भएको र एक सयभन्दा बढी घाइते भएका छन् । 


 



नयाँ