arrow

हमासपछि इजरेलमा लेबनानको पनि हमला

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
israel-attack-2023-10-08a.jpeg

काठमाडौँ । हमासले इजरेलमाथि आक्रामण गरी ध्वस्त बनाइरहँदा लेबनानले पनि इजरेलमाथि आक्रमण थालेको छ । 

जवाफी कारबाहीमा इजरेली सेनाले लेबनानमाथि हवाइ आक्रमण थालेको छ । टाइम्स अफ इजरेलका अनुसार लेबनानले मार्टर आक्रमण गरेको हो । 

यता इजरेल–हमासको युद्धको दोस्रो दिन गाजाको सीमामा इजरेली डिफेन्स फोर्सका कमान्डर नहल ब्रिगेडसमेत तीन सय तथा २५६ प्यालेस्टेनीको मृत्यु भएको छ । 

विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार एक हजारको ज्यान गएको छ । 

शनिबार हमासले ५ हजार रकेट आक्रमण गरेको थियो । इजरेलमा करिब दुई हजार तथा प्यालेस्टाइनमा पनि सोही संख्यामा घाइते भएका छन् । 

आक्रमणबीच विदेशी नागरिकहरु पनि परेका छन् । जसमा नेपाली नौ जना घाइते भएका छन् भने दुईको हालत गम्भीर छ । 

सात जना नेपालीसमेत फसेका छन् । इजरेली सेनाका प्रवक्ता रिचर्ड हेचटका अनुसार इजरेलका २२ ठाउँमा अहिले पनि लडाइँ चलिरहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ