arrow

इजरेलमा भएका नेपालीहरूको अवस्थाबारे परराष्ट्र मन्त्री गराए जानकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
np-saud.jpg

काठमाडौं । इजरेलमा भएका नेपालीहरूको अवस्थाबारे परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले संसद्मा जानकारी गराएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा उनले इजरेल आक्रमणमा नेपालीमध्ये केही व्यक्ति हताहत भएको आशङ्का गरेका छन् ।

उनले इजरायलमा हाल ४ हजार ५०० नेपाली केयर गिभरको रूपमा कार्यरत रहेका बताए । 

इजरेल मा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थी इजरायल सरकारको 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत गएका साउदले सुनाए । 

साउदले भने 'नेपाली राजदूतावासबाट प्राप्त पछिल्लो जानकारीअनुसार यो स्थान गाजा क्षेत्र नजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएकाले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीहरूमध्ये २ जना सकुशल रहेको, ३ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।'

बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ