arrow

एक दिवसीय श्रृंखला पनि भारतकै कब्जामा, न्यूजिल्याण्डका लागि अमित घातक

logo
प्रकाशित २०७३ कार्तिक १३ शनिबार
Indai-news.jpeg

एजेन्सी । पाहुना टोली न्यूजिल्याण्डलाई स्तब्ध पार्दै भारतले पाँच खेलको एक दिवसीय क्रिकेट श्रृंखला समेत कब्जा गरेको छ । विशासापटनममा शनिबार साँझ भएको पाँचौ तथा अन्तिम एक दिवयीयमा एक सय ९० रनको शानदार  जित निकाल्दै भारतले समग्रमा श्रृंखला ३–२ ले कब्जा गरेको हो ।
यसअघि यी दुईबीच भएको ३ खेलको टेष्ट श्रृंखला समेत भारतले क्लिनस्वीप गरेको थियो ।

विशासापटनममा शनिबार टस जितेर पहिले व्याटिङ गरेको भारतले दिएको २ सय ७० रनको चुनौती पछ्याएको न्यूजिल्याण्ड मात्र ३२ ओभर १ बलमा ७९ रनमै समेटियो । न्यूजिल्याण्डका लागि अमित मिश्रको बलिङ घातक बन्यो । उनी एक्लैले २ मेडन राखेर ५ विकेट चट्काए । यस्तै, अक्सर पटेलले २ विकेट लिए । भारतको किफायती बलिङसामु कप्तान केन विलियम्सनले २७ रन बनाउन बाहेक अन्य व्याट्सम्यानले खासै स्कोर गर्न सकेनन् ।

यसअघि, भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोड्यो । उसका लागि रोहित शर्माले ७०, विराट कोहलीले ६५ र कप्तान मेहन्द्र सिंह धोनीले ४१ रन बनाए । बलिङतर्फ ट्रेन्ट बोल्ट र आइएस सोधीले समान २–२ विकेट लिए । यो सँगै न्यूजिल्याण्डको भारत यात्रा खल्लो भएको छ ।




नयाँ