arrow

इजरेलमा १० नेपालीको मृत्यु [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
israel-attack-2023-10-08.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्यालेस्टिनी विद्रोही हमासले इजरेलमाथि गरेको आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको पुष्टि भएको छ । आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको टिपोट परराष्ट्र मन्त्रालयले तयार पारेको छ । 

तर औपचारिक रुपमा परराष्ट्र मन्त्रालयले बाहिर भनेको छैन । इजरेयलमा अध्ययनका लागि गएका विद्यार्थीहरू आक्रमणमा परेका थिए । आक्रमणमा परेका विद्यार्थीहरूले टिपाएको नामावलीमा १० जनाको मृत्यु भएको स्रोतको दाबी छ । 

मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार हुन् ।

यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ । 

६ जना घाइते भएका छन् । एक जना सम्पर्कविहीन भएको परराष्ट्र  स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ