arrow

इजरेलबाट नेपालीलाई फिर्ता ल्याउन परराष्ट्रले थाल्यो प्रक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
foreign-ministry-parrastra-mofa.jpg

काठमाडौं । इजरेलबाट स्वदेश  फर्किन चाहने नेपालीका लागि परराष्ट्र मन्त्रालयले प्रक्रिया थालेको छ । 

आतङ्कवादी समूह हमासको आक्रमणमा परी इजरेलमा १० जना नेपालीले ज्यान गुमाएपछि मन्त्रालयले पहल थालेको हो । 

मन्त्रालयले  नेपाली राजदूतावास र इजरेल सरकारको समन्वयमा अनलाइन विवरण सङ्कलनको तयारी थालेको छ । 

मन्त्रालयले आइतबार राति प्रेस विज्ञप्ति जारी गरि तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको सम्पर्क विवरणहरू उपलब्ध गराइएकोले उनीहरू मार्फत आवश्यक जानकारी लिन र सम्पर्कमा रहन अनुरोध गरेको छ । 

इजरेलमा एक नेपालीको अवस्था अझै अज्ञात छ  भने  मृतक १० जनाको शव ल्याउन छलफल भइरहेको छ । घाइते छ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ