arrow

हमास–इजरेल आक्रमणमा ११ सय बढीको गयो ज्यान

अमेरिकीहरू पनि मारिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
isreal.jpg

काठमाडौं । आतङ्ककारी सङ्गठन हमास र इजरेलबीचको युद्धमा हालसम्म ११ सय बढीको ज्यान गएको छ । 

इजरेल आक्रमणमा हालसम्म सात सय बढी इजरेलीले ज्यान गुमाएका छन् । भने हालसम्म ४१३ भन्दा बढी प्यालेस्टिनी मारिएका छन् । 

हमास र इजरेलबीचको युद्ध जारी नै छ । इजरेलले गाजामा हवाई आक्रमण जारी राखेको छ । 

इजरेलमा नेपालका १० विद्यार्थीको मृत्यु भएको छ । कतिपयलाई अहिले सम्पर्क गर्न सकिरहेका छैनन् । परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहनेका लागि प्रक्रिया थालेको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरेलमा धेरै अमेरिकीहरू पनि मारिएका छन्। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले आफ्ना धेरै नागरिक बेपत्ता भएको बताएका छन् । 

हमासले धेरै विदेशीहरूलाई पनि आफ्नो नियन्त्रणमा लिएको छ । थाइल्याण्डका प्रधानमन्त्रीले आफ्ना ११ जना नागरिक हमासको कब्जामा रहेको बताएका छन् । दुई नागरिकको मृत्यु भएको छ । 

इजरेली रक्षा बलले हमासले महिला र बालबालिकासहित करिब कयौ इजरेली नागरिकलाई बन्धक बनाएको जनाएको छ । उनीहरूलाई गाजातर्फ लगिएको छ ।

टाइम्स अफ इजरेलका अनुसार हमासले इजरेलको सिमानामा रहेको क्षेत्र किबुट्जमा शुक्रबार रेभ पार्टीमा सहभागी हजारौँ मानिसहरूलाई आक्रमण गरेको छ। साथै दर्जनौँ मानिसलाई बन्धक बनाएको छ। जो अझै पनि कैदमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ