arrow

हमास नेतासँग रइसीको कुराकानी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
ibrahim-iran.jpg

काठमाडौं । इजरेलमा हमासले गरेको अप्रत्याशित आक्रमणको एक दिनपछि इरानका राष्ट्रपति इब्राहिम रइसीले प्यालेस्टिनी लडाकु समूह हमास र इस्लामिक जिहादका नेताहरूसँग आइतबार कुराकानी गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । 

“राष्ट्रपति रइसीले इस्लामिक जिहाद मुभमेन्टका महासचिव जियाद अल–नखालाह र हमासको राजनीतिक ब्यूरो प्रमुख इस्माील हानियाहसँग फोनमा छुट्टाछट्टै कुराकानी गर्नुभएको छ”, थप विवरण केही उल्लेख नगरी सरकारी समाचार समिति इर्नाले भनेको छ । 

गाजापट्टीलाई नियन्त्रण गरेको हमासका लडाकुहरूले शनिबार बिहानै इजरेलमा व्यापक रकेट हमला गर्दै घुसपैठ गरेका थिए । इजरेल सरकारले दशकयताकै भएको सबैभन्दा खराब लडाइँमा छ सयभन्दा बढी इजरेली मारिएको र हमासले एक सयभन्दा बढीलाई बन्धक बनाएको बताएको छ । गाजामा पनि कम्तीमा तीन सय १३ मारिएको समाचार छ । 

इरानले गत जुनमा हमास र इस्लामिक जिहादका नेताहरुको वार्ताको आयोजना गरेको थियो । त्यतिबेला इरानी राष्ट्रपति रइसीले अधिनस्थ क्षेत्रहरू मुक्त गर्न खोज्ने युवा प्यालेस्टिनीहरूलाई निरुत्साहित गर्ने उद्देश्यले इजरेलले धेरै अरब र मुस्लिम देशसँगको सम्बन्धलाई सामान्यीकरण गर्न खोजिरहेको बताएका थिए ।



नयाँ