arrow

इजरेल र हमासबीच कैँदी आदानप्रदान गर्न वार्ता प्रयास

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
israel-war-2023-10-09.jpg

गाजा । कतारले इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) र इजरेलबीच युद्धका क्रममा कब्जामा लिई बन्दी बनाइएका महिलालाई आदानप्रदानका लागि मध्यस्थता गरिरहेको हमास स्रोतले जनाएको छ । 

“अमेरिकी सहयोगमा कतारले इजरायली जेलमा रहेका ३६ प्यालेस्टिनी महिला (युद्धबन्दी) को रिहाइ गरिएमा हमासद्वारा कब्जामा लिइएका सबै इजरेली महिलालाई रिहा गर्ने गरी तत्काल सम्झौता गर्न खोजिरहेको छ,” नाम नबताउने शर्तमा स्रोतले सिन्ह्वालाई भन्यो ।        

स्रोतले इजरेलका जेलमा रहेका सबै ३६ जना प्यालेस्टिनी महिला युद्धबन्दीलाई रिहा गरेमा कैदी साटासाट गर्न सहमत हुने कतारलाई जानकारी गराएको छ । 

हमासले शनिबार गाजा पट्टीसँग जोडिएको इजरायली शहरमा अचानक आक्रमण गरेपछि इजरायलले गाजामा जवाफी हमला गरेको थियो । 

आक्रमणका क्रममा हमासका लडाकुले गाजा पट्टीलाई इजरेलबाट छुट्याउने सुरक्षा घेरा तोडेर आसपासका समुदायमा आक्रमण गरी महिलासहित इजरेली नागरिकको हत्या र कब्जा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ