arrow

हमासविरुद्ध आक्रामक प्रतिवादमा उत्रियो इजरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
israel-army.jpg

काठमाडौं । इजरेलले आतङ्ककारी समूह हमासविरुद्धको आक्रमणलाई तीव्र बनाएको छ। 

प्यालेस्टिनी आतङ्कवादी सङ्गठन विरुद्ध निर्णायक युद्धमा इजरेलले तीन लाख रिजर्भ सैनिक पनि खटाएको छ । 

गाजा पट्टीको घेराबन्दीका कारण तेस्रो दिन पनि विद्युत्, इन्धन र खाद्यवस्तुको आपूर्ति बन्द भएको छ । 

यसैको दबाबमा हमासले युद्ध विरामको प्रस्ताव गरेको छ । 

वरिष्ठ नेता मुसा अबु मारजुकले लक्ष्य हासिल भएको र इजरेलसँग सम्भावित युद्ध विराममा वार्ता गर्न तयार रहेको बताएका छन् । 

गाजा पट्टीसँग जोडिएको दक्षिणी इजरेलका शहर र बस्तीहरूमा हमासका आतङ्ककारी हरूको खोजी जारी राखेको छ। 

युद्धमा दुवै पक्षबाट अहिलेसम्म १ हजार ५ सय ८७ जनाको ज्यान गएको छ । हमासको आक्रमणमा १० नेपालीले पनि ज्यान गुमाएका छन् । उनीहरुको शव ल्याउन सरकारले प्रक्रिया थालेको छ । 

इजरेलमा मात्रै ७३ सुरक्षाकर्मीसहित ९ सय जनाको ज्यान गएको छ भने गाजा स्ट्रिपमा इजरेलको प्रतिकारात्मक कारबाहीमा ६८७ प्यालेस्टिनीले ज्यान गुमाएका छन् । 

इजरेली सेनाका प्रमुख प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले दक्षिणी इजरेलका २४ क्षेत्रमध्ये १५ वटा हमासको नियन्त्रणबाट खाली गरिसकिएको र बाँकीलाई २४ घण्टाभित्र मुक्त गरिने बताए । 

काँडेबार तोडेर आतङ्ककारी प्रवेश गरेका ठाउँमा ट्याङ्की तैनाथ गरिएको हगरीले बताए । ड्रोन मार्फत घुसपैठ अनुगमन भइरहेको छ। 

हालसम्म तीन लाख रिजर्भसहित करिब पाँच लाख सैनिक खटाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ