arrow

नेतान्याहूको दृढता – युद्ध तिनीहरूले शुरु गरे, यसको अन्त्य हामी गर्नेछौँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
israel-PM-benjamin-netanyahu.jpg
तस्बिर – फाइल ।

तेल अबिब । इजरेल र प्यालेस्टाइनबीच अक्टोबर ७ देखि युद्ध जारी रहेको छ । यी तीन दिनमा गाजा र वेस्ट बैंकमा युद्धका कारण ७०४ जनाको मृत्यु भएको छ भने २ हजार ६१६ जना घाइते भएका छन् जबकि इजरेलमा ९०० जनाको मृत्यु भएको छ भने ३ हजार ८०० जना घाइते भएका छन् । 

यसैबीच इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासलाई कडा चेतावनी दिँदै ‘यो युद्ध इजरायलले शुरु गरेको होइन, हामी अन्त्य गर्नेछौँ’ भनेका छन् ।

हमासले युद्ध शुरु गरेपछि इजरेलले ३ लाख सैनिक परिचालन गरेर बदला लिने भएको छ । टाइम्स अफ इजरेलका अनुसार सन् १९७३ को योम किप्पुर युद्धमा इजरायलले ४ लाख रिजर्भ सैनिक बोलाएको थियो ।

इजरेलका प्रधानमन्त्री नेतन्याहूले सम्बोधनमा भने, ‘इजरेल युद्धमा छ। हामीले यो युद्ध चाहेका थिएनौँ । यो सबैभन्दा क्रुर तरिकाले शुरु भएको थियो। यद्यपि इजरेलले यो युद्ध शुरु गरेको होइन, यो युद्द अब इजरेलले यसलाई अन्त्य गर्नेछ ।’ हमासमाथि हमला गर्दै प्रधानमन्त्री नेतन्याहूले यसका लागि आफूहरूले मूल्य चुकाउनु पर्ने र यसलाई लामो समयसम्म सम्झिने बताएका छन् ।

उनले भनेका छन् कि ‘हमासले इजरेलमाथि हमला गरेर ऐतिहासिक गल्ती गरेको बुझ्नेछ । हामी तिनीहरू र इजरेलका अन्य शत्रुहरूले आउने दशकहरूमा सम्झने मूल्य निर्धारण गर्नेछौँ ।’ 

बन्धकहरूको दुर्दशामा बोल्दै प्रधानमन्त्री नेतन्याहूले निर्दोष इजरेलीहरूविरुद्ध हमासले गरेको क्रुर आक्रमणहरू स्तब्ध पार्ने बताएका छन्। उनीहरूले घरभित्र पसेर परिवारको हत्या गरे, चाडपर्वमा सयौँ युवाको हत्या गरे, बालबालिका र वृद्धवृद्धाहरूलाई अपहरण गरे। यो सबै बर्बरता हो। उनले हमासलाई आईएसआईएससँग तुलना गर्दै आफ्नो पराजयका लागि तयार हुन चेतावनी दिए ।

यस बाहेक उनले आफ्नो सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र अन्य विश्व नेताहरुलाई सहयोगको लागि धन्यवाद पनि दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ