arrow

लिभरपुल, आर्सनल र सिटी बिजयी हुँदा म्यानचेस्टर युनाईटेडले अंक बाँड्यो

logo
प्रकाशित २०७३ कार्तिक १४ आइतबार
Liverpool_cry_palace.jpeg
काठमाडौं। ईङलिश प्रिमियर लिग अन्तर्गत भएका खेलहरुमा लिभरपुल, आर्सनल, म्यानचेस्टर सिटी बिजयी भएका छन् भने जोसे मोरिन्होको म्यानचेस्टर युनाईटेडले वर्नलेसँग बराबरी खेल्दा अंक बाँड्न बाध्य भएको हो। 
 
लिभरपुलले क्रिस्टल प्यालेसलाई ४-२ गोलले पराजित गरेको थियो। रोमाञ्चक खेलमा लिभरपुल बिजयी भएको हो। पहिलो हाफ सकिंदासम्म ३-२ गोलले अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप १ गोल गरेको थियो। 
 
लिभरपुलका एम्रे कानले १६औं मिनेटमा गोल गरेका थिए भने त्यस्को २ मिनेट पछि प्यालेसका जेम्स मकअर्थरले गोल फर्काएका थिए। २१औं मिनेटमा लिभरपुलका लोभरेनले गोल गरे भने ३३औं मिनेटमा मकअर्थरले प्यालेसकालागि दोस्रो गोल थपेका थिए। 
 
४४औं मिनेटमा लिभरपुलका जोएल माटिपले गोल गर्दै ३-२को अग्रता दिलाएका थिए। खेलको ७१औं मिनेटमा चौथो गोल गर्दै रोबर्टो फर्मिनोले ४-२को अग्रता दिलाएका थिए। उक्त स्कोर नै निर्णायक भएको थियो। 
 
आर्सनलकालागि एलेक्सी सान्चेज र ओलिभर जिराउले २-२ गोल गर्दै सण्डरल्याण्ड बिरुद्ध ४-१को जित हात पारेका थिए। १९ औं मिनेटमा सान्चेजले आर्सनलकालागि खाता खोलेका थिए। ६५औं मिनेटम सण्डरल्याण्डका जेरोमी डेफोले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए। 
 
त्यसपछि आक्रमक बनेको आर्सनलले ७१, ७६ र ७८औं मिनेटमा गोल गर्दै खेल एकतर्फी बनाएका थिए। 
 
म्यानचेस्टर सिटीले वेस्ट ब्रोमविचलाई ४-० गोलले पराजित गर्दै अंक तालिकामा पहिलो स्थान कायमै रहेको छ। १० खेलमा २३ अंकका साथ सिटी पहिलो स्थानमा रहेको छ भने आर्सनल र लिभरपुल पनि समान खेलमा समान अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
 



नयाँ