arrow

इजरेलमा हमासको आक्रमणबाट ५० बढी विदेशीको मृत्यु [विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
israel-war-2023-10-09.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरेलबीचको युद्धमा ५० बढी विदेशी नागरिकको ज्यान गएको छ । गत शनिबार अचानक हमास समूहले इजरेली भूमिमा अक्रमण गरेपछि शुरू भएको सो युद्धमा दुवैतर्फ गरी अहिलेसम्म करिब १५ सय मानिस मारिएका छन् । 

इजरेलले ‘हमासले सुरु गरेको युद्दको अन्त्य आफूले गर्ने’ जनाउने तथा हमासले भने गाजामा थप आक्रामण गरे आफूसँग बन्धक रहेका इजरेली अधिकारी तथा सर्वसाधारणलाई एक एक गरी हत्या गर्ने चेतावनी दिइरहे पछि सो युद्धमा मारिनेहरुको संख्या अझै बढ्न सक्ने देखिएको छ । 

यो युद्ध कहिल्यै अन्त्य हुनेछ ? भन्ने अहिले भन्न सकिने अवस्था छैन, दुवैतर्फका चेतावनी हेर्दा यो युद्ध अझै अघि बढने निश्चित जस्तै छ ।  

यसैबीच सो युद्धमा परेर १० जना नेपालीले ज्यान गुमाइसकेका छन् भने धेरै जना घाइते भएका छन् । सो युद्धमा कतै पनि सहभागी नभएका ५० जना विदेशीले पनि अनाहकमा ज्यान गुमाएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । 

हमासको आक्रमणमा मारिने विदेशीको संख्या अहिलेसम्म ५० पुगेको छ । यस अवधिमा करिब ८० जना या त हराइरहेका छन् वा बन्धक बनाएका छन् ।

यस्तो छ तथ्यांकः

थाइल्याण्ड– १२ जनाको मृत्यु, ११ बन्धक

अमेरिका– ११ जनाको मृत्यु, अन्य बेपत्ता

नेपाल– १० जनाको मृत्यु

अर्जेन्टिना– ७ जनाको मृत्यु, १५ बेपत्ता

युक्रेन– २ जनाको मृत्यु

फ्रान्स– २ जनाको मृत्यु, १४ बेपत्ता

रुस– १ जनाको मृत्यु, ४ बेपत्ता

बेलायत– १ जनाको मृत्यु, १ बेपत्ता

क्यानडा–  १ जनाको मृत्यु, ३ बेपत्ता

कम्बोडिया–  १ जनाको मृत्यु

जर्मनी–  धेरै बन्धकहरू

ब्राजिल – ३ बेपत्ता

चिली – २ बेपत्ता

इटाली – २ बेपत्ता

पाराग्वे– ४ बेपत्ता

पेरु– २ बेपत्ता

तान्जानिया–  २ बेपत्ता

मेक्सिको– २ बन्धक

कोलम्बिया–२ बन्धक

फिलिपिन्स– १ बन्धक, ६ बेपत्ता

पनामा– १ बेपत्ता

आयरल्याण्ड–  १ बेपत्ता ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ