इजरेलमा हमासको आक्रमणबाट ५० बढी विदेशीको मृत्यु [विवरणसहित]
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
1.4k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरेलबीचको युद्धमा ५० बढी विदेशी नागरिकको ज्यान गएको छ । गत शनिबार अचानक हमास समूहले इजरेली भूमिमा अक्रमण गरेपछि शुरू भएको सो युद्धमा दुवैतर्फ गरी अहिलेसम्म करिब १५ सय मानिस मारिएका छन् ।
इजरेलले ‘हमासले सुरु गरेको युद्दको अन्त्य आफूले गर्ने’ जनाउने तथा हमासले भने गाजामा थप आक्रामण गरे आफूसँग बन्धक रहेका इजरेली अधिकारी तथा सर्वसाधारणलाई एक एक गरी हत्या गर्ने चेतावनी दिइरहे पछि सो युद्धमा मारिनेहरुको संख्या अझै बढ्न सक्ने देखिएको छ ।
यो युद्ध कहिल्यै अन्त्य हुनेछ ? भन्ने अहिले भन्न सकिने अवस्था छैन, दुवैतर्फका चेतावनी हेर्दा यो युद्ध अझै अघि बढने निश्चित जस्तै छ ।
यसैबीच सो युद्धमा परेर १० जना नेपालीले ज्यान गुमाइसकेका छन् भने धेरै जना घाइते भएका छन् । सो युद्धमा कतै पनि सहभागी नभएका ५० जना विदेशीले पनि अनाहकमा ज्यान गुमाएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।
हमासको आक्रमणमा मारिने विदेशीको संख्या अहिलेसम्म ५० पुगेको छ । यस अवधिमा करिब ८० जना या त हराइरहेका छन् वा बन्धक बनाएका छन् ।