arrow

नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
rajkisor-yadhav-2080-10-23.jpg

काठमाडौं । इजरेल आक्रमणमा परी निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले सरकारलाई निर्देशन दिएको छ ।  

मङ्गलवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । 

सरकारलाई समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति राज किशोर यादवले घाइतेहरूको स्वास्थ्योपचार गर्न,बेपत्ता भएका नेपालीहरूको तत्काल खोजी गर्न र अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिए । 

उनले घटनाका पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना भएका नेपालीहरूलाई तत्काल फिर्तीको लागि आवश्यक समन्वय र शीघ्र पहलकदमी लिन पनि सरकारलाई निर्देशन दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ