arrow

तराई–मधेसमा जाडो बढयो

logo
प्रकाशित २०७२ मंसिर २६ शनिबार
jado.jpg.jpeg
सप्तरी । दुई दिनयता एक्कासि बढेको बाक्लो हुस्सु र चिसोका कारण सप्तरीसहित तराई–मधेसमा जाडो बढेर जनजीवन प्रभावित भएको छ ।  बिहानबेलुका बाक्लो हुस्सु लाग्ने र दिउँसो कम घाम लागेका कारण सप्तरी जिल्लाको सहरी तथा ग्रामीण भेगका मानिसले जाडोको निकै महसुस गरेका छन् । 

जाडोको निकै प्रभाव पर्नुको साथै सहरबजारमा हिँड्नेहरुले बाक्लो लुगा लगाएर हिँडनुपर्ने बाध्यता रहेको राजविराजका सुरेन्द्र यादवले बताए ।  जाडोले केही स्थानमा सर्वसाधारणले जाडोबाट बच्नको लागि आगो बालेर ताप्ने गरेका देखिन्छन् । जाडोको बेला खासगरी बिहानको समयमा पढनजाने बालबालिका सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । 

जाडोले रुघाखोकीका बिरामी बढेपनि विगत २१ दिनदेखि राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालसहित जिल्लाको सम्पूर्ण स्वास्थ्य संस्था बन्द रहेका कारण अस्पताल र स्वास्थ्य संस्थामा उपचार नपाउँदा समस्या भएको बिरामीका कुरुवा बताउँछन् । 

गत मङ्सिर ६ गते राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा प्रहरी पसेर स्वास्थ्यकर्मीलाई कुटपिट गर्दै दुब्र्यवहार गरेको भन्दै स्वास्थ्यकर्मीले जिल्लाको सम्पूर्ण स्वास्थ्य संस्था बन्द गरी आन्दोलनमा उत्रेका छन् ।  सप्तरीमा अस्पताल बन्द भएकाले जाडो बढेर रुघाखोकी लागेका बिरामी निजी क्लिनिकमा उपचार लिन बाध्य भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ