- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मुम्बइ । प्यालेस्टिनी अतिवादी समूह हमासले अचानक गरेको आक्रमणपछि गाजा पट्टीमा हमासविरुद्ध इजरेलको आक्रमण तीव्र भएको छ। युद्धको चौथो दिनसम्ममा तीन हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
सो युद्धका कारण दुई देशीय सीमामा बसोबास गर्ने दुवै देशका जनता सो आक्रमणबाट आफ्ना प्रियजन गुमाएपछि शोकमा छन्। हमासको निरन्तर आक्रमण र गाजाको ‘पूर्ण नियन्त्रण’ लिनको लागि इजरेलको बलियो अभियानको बीचमा निर्दोष मानिसहरू विरुद्ध बर्बरताका कथाहरू देखा परिरहेका छन् ।
यसै सन्दर्भमा भारतीय टीभी अभिनेत्री मधुरा नाइकले आफ्ना काका र उनका छोराछोरीको ‘क्रूरतापूर्वक हत्या’ भएको बताएकी छिन् ।
इन्स्टाग्राममा शेयर गरेको भिडियो सन्देशमा भारतीय मूलकी यहूदी नागिन अभिनेत्रीले भनिन्, ‘मेरो परिवारले भोगेको पीडालाई शब्दले व्यक्त गर्न सक्दिन । आजसम्म इजरेल पीडामा छ र सडकमा छ, क्रोधसहित हमासको आगोमा जलिरहेको छ’, नायिकाले अगाडि भनिन्, ‘महिला, बालबालिका, वृद्ध, कमजोर सबैलाई निशाना बनाइएको छ ।’
उनले आफ्नी बहिनी र आफ्नो परिवारको तस्बिर पोस्ट गरेकी थिइन, त्यसपछि सामाजिक सञ्जालमा उनी ट्रोल भएकी थिइन । उनले भनिन, ‘यसले पनि प्यालेस्टाइन समर्थक एजेन्डा कति गहिरो छ भन्ने देखाउँछ। म यहूदी हुँ भनेर मलाई अपमानित गरिएको छ।’
ओडाया र उनको परिवारको घटनाले जारी सबैभन्दा रक्तपातपूर्ण इजरेल–हमास युद्धहरूको क्रूरता देखाउँछ। धेरै बालबालिका अहिले अनाथ भएका छन् र लगातार रकेट आक्रमण र प्रतिशोधात्मक हवाई आक्रमणमा धेरैको मृत्यु भएको छ। यस युद्धका दुवै पक्षका मृत्यु, डर र विनाशको अन्धकारले ढाकेका छन् ।
यहुदी कानून बमोजिम शव निकाल्ने परोपकारी संस्था जाकाका स्वयंसेवक मोती बुक्जिनले भने कि हमासका बन्दुकधारीहरूले बिरी किबुत्जमा मात्रै १०० भन्दा बढी व्यक्तिको हत्या गरेका थिए ।