arrow

अख्तियारको नियुक्ति प्रक्रिया संशोधन गर्न जरुरी – गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
gagan-thapa-2080-06-24.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्तिमा संशोधन गर्न जरुरी रहेको बताएका छन् । 

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले आयोगको नियुक्तिमा दलगत हस्तक्षेप र भागबन्डा बढी भएको बताएका हुन्  । 

उनले अदालतसमेत नियुक्तिका विषयमा मुछिएको बताए । उनले  आयोगको नियुक्तिको मापदण्ड नबदलीकन अपेक्षाकृति परिणाम नआउने दाबी गरे ।

 उनले संवैधानिक परिषद् सम्बन्धी कानूनमा संशोधन गरेर यसको संसदीय सुनुवाइ नभई सार्वजनिक सुनुवाइ गर्ने व्यवस्था नथपिकन अपेक्षित परिणाम प्राप्त गर्न नसकिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ