arrow

इजरेलमा भएका दुई सय ८८ बढी नेपालीले चाहे फर्कन [भिडियो]

शव ल्याउन केही समय लाग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
sewa-lamsal-.jpg

काठमाडौं । इजरेलमा भएका दुई सय ८८ बढी नेपालीले फर्कन चाहेका छन् । 

परराष्ट्र मन्त्रालयले बुधवार अपराह्न पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

 परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल फर्कन चाहनेहरूलाई ल्याउन बुधवार (आज) राति नेपाल एयरलाइन्सको वाइड बडी विमान त्यसतर्फ पठाइनेछ । 

इजरेलमा नेपालको नियमित उडान पनि भएकाले आउन इच्छुक नेपालीहरूका लागि त्यहाँस्थित नेपाली दूतावासले सहजीकरण गर्ने पनि प्रवक्ता लम्सालले बताइन् ।

इजरेलमा मारिएका १० जना नेपालीको शव ल्याउन भने केही ढिलाइ हुने भएको छ । 

 इजरेल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै सो शव नेपाल ल्याउन सकिने बताइन् ।

 उनले उनीहरूको शव छिटो ल्याउन सरकारले सहकार्य गरिरहेको र अहिले ती शवहरू इजरेल सरकारको संरक्षणमा सुरक्षित रहेको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ