arrow

महाकवि देवकोटाको जयन्तीमा दुई कृति विमोचित

logo
प्रकाशित २०७३ कार्तिक १४ आइतबार
devkota-news-aa.jpeg

काठमाडौं । स्थानीय चाबहिलस्थित शान्तिगोरेटो टोलका बुद्धिजीवी तथा समाजसेवीले महाकवि देवकोटाको १०८ औं जन्मजयन्ती तथा तिहार, नेपाल संवत् एवं छठ पर्वका अवसरमा शनिबार शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरे ।

हेल्प नेपालका अध्यक्ष अरुणमानसिंह बस्नेतका अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा गीतकार प्रमोद ढुङ्गानालाई विशेष सम्मान गरिएको थियो ।

स्थानीय विनायक स्कूलमा भएको सो कार्यक्रममा कवि महेश्वर खनाल र रत्ननिधि रेग्मी शुक्राचार्यले महाकवि देवकोटाको सम्झनामा कविता वाचन गरे भने योगगुरु पूर्ण श्रेष्ठले योग र ध्यानका विषयमा विशेष प्रवचन दिए ।

स्थानीयवासीलाई एकापसमा चिनाउन तथा राष्ट्रिय एकतामा उत्प्रेरित गर्न यस्ता कार्यक्रम गरिँदै आएको संयोजक खनालले जानकारी दिए । सो अवसरमा खनालका ‘गीतासार’ र ‘असल विद्यार्थी कसरी बन्ने’ शीर्षक दुई कृति सार्वजनिक पनि गरियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ