arrow

गाजाको विद्युत गृह बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
palest-gaja.jpg

काठमाडौं । इजरेली बमबारी र घेराबन्दीमा रहेको गाजा पट्टीको एक मात्र विद्युत् गृहमा इन्धन सकिएपछि बुधबार सेवा बन्द गरिएको प्यालेस्टिनी क्षेत्रको विद्युत् प्राधिकरणले जनाएको छ ।

“गाजा पट्टीको एक मात्र पावर प्लान्टले स्थानीय समयअनुसार दिउँसो २ बजेबाट सेवा दिन सकेको छैन,” प्राधिकरणका प्रमुख जलाल इस्माइलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार इजरेली सेनाले गरेको कारबाहीमा एक हजार ७८ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने हमासले शनिबार द्वन्द्व सुरु भएयता एक हजार २०० भन्दा बढी इजरेलीको हत्या गरिसकेको छ ।

स्थानीय समय अनुसार शनिबार बिहानै प्यालेस्टिनी इस्लामिक कट्टरपन्थी समूह (हमास) ले एक्कासी इजरेली नियन्त्रणमा रहेको क्षेत्रमा जल, स्थल र आकाश तीन मार्गबाट प्रवेश गरी आक्रमण गरी निहत्था सयौँ व्यक्तिको हत्या गरेपछि इजरेलले पनि बदलामा हवाई आक्रमण गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ