पामेलाको डेटिङ अनुभव : उनीसँग यौन सम्बन्ध राख्नेले कस्तो दबाब दिए ?
प्रकाशित २०७३ कार्तिक १४ आइतबार
1.1k
Shares
एजेन्सी । हलिउड अभिनेत्री पामेला एण्डरसनले अश्लील फिल्म हेर्नेहरुलाई फेरि एक पटक झटारो हानेकी छन् । उनले त्यतिमात्र गरेकी छैनन् आफुले डेट गर्ने पुरुषहरुबारे पनि केही तथ्य खुलाएकी छन् । उनले आफु र आफ्ना साथीहरुले भोगेको अनुवभ समेत दर्शाएकी छन् ।
लण्डनको एक वेबसाइटसंग उनले भनिन्, ‘मैले त्यस्ता पुरुषसँग डेट गरेको छु । जसले म संग यौन सम्बन्ध राख्नकै लागि पोर्न (अश्लील फिल्म) हेर्न बढी दबाब दिए ।’
अनलाइन पोर्नेग्राफीको खतराका बारेमा शिक्षित गर्ने प्रयत्न गर्दै आएकी एण्डरसनले राबी श्यूती बोटिचसंग मिलेर ‘सेक्सुअल रेवोल्यूशन’ (कामुक क्रान्ति) अभियानको सुरुवात गरेकी थिइन् । उनले भनेकी छन्, ‘एक्स रेटेड सामग्री –अश्लील सामग्री) हेर्नु सबै उमेरका पुरुषका लागि खतरनाक हो ।’
पोर्न फिल्म हेर्ने लत लागेका पुरुषलाई घोच पुग्ने गरेरै उनले अगाडि भनेकी छन्, ‘आम नागरिकलाई पोर्न भिडियो हेर्ने लत लागेको हुन्छ । तपाईसँग जिउँदो र सास फेरिरहेकी र बिस्तरामा पल्टिएकी महिला हुँदा हुँदै बाथरुममा कम्प्यूटरमा पोर्न फिल्म हेर्नु हुन्छ । यो सामान्य होइन । असाधारण विषय हो ।’ मेरो साथमा पनि कयौं पटक यस्तो भएको छ ।
उनले आफु अलावा आफ्ना कयौं साथीहरुले पनि यी अनुभवबाट गुज्रिनु परेको बताइन् । एण्डरसन भन्छिन्, ‘अन्तरंगता र अन्तरंग सम्बन्धमा मजबुद यौन सम्बन्ध स्थापित गर्न आवश्यक छ । त्यसैले म यो अभियान बारे कुरा गर्दै आएकी छु ।’ एण्डरसन पोर्नको लत लागेकाहरुबारे निकै टिप्पणी गर्दै आएकी छन् ।