- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । विभागीय क्लब त्रिभुवन आर्मीलाई पन्छाउँदै संकटा क्लबले चितवनमा भएको टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
नारायणगढस्थित क्याम्पाचौरमा आज भएको फाइनलमा आर्मीलाई ३–० ले पराजित गर्दै संकटाले उपाधि कब्जा गरेको हो । संकटालाई उपाधि दिलाउन तीनै गोल निराजन खड्काले गरे । निराजन खड्का खेलको ‘म्यान अफ द म्याच’ घोषित समेत भए ।
आर्मीले एउटा अवसर कोरुपमा पाएको पेनाल्टी समेत सदुपयोग गर्न सकेन । प्रतियोगिताको विजेताले नगद ३ लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगितामा भारतसहित नेपालका विभिन्न टोलीले सहभागिता जनाएका थिए ।