arrow

हमासका वायु सेना प्रमुख मारिए 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
israel-attack-2023-10-08.jpg

काठमाडौं । गए राति गरिएको हवाई आक्रमणमा हमासको वायु सेना प्रमुख मुराद अबु मुराद मारिएको इजरेली वायु सेनाले बताएको छ । 

हमासले गाजा पट्टीस्थित उसको हवाई गतिविधि व्यवस्थापन गर्ने मुख्यालयलाई आक्रमणमा निशाना बनाइएको इजरेली वायु सेनाले उल्लेख गरेको छ ।

इजरेली वायु सेनाले मुराद अबु मुराद गत शनिबारको नरसंहारमा आतङ्कवादीहरूलाई निर्देशन दिनका लागि धेरै हदसम्म जिम्मेबार रहेको बताएको छ ।

 “साथै पछिल्लो दिनमा वायु सेनाको लडाकु जेटहरूले हमास आतङ्कवादी सङ्गठनको मुख्यालयमा आक्रमण गरे जहाँबाट उक्त सङ्गठनको हवाई गतिविधि व्यवस्थापन हुन्थ्यो”, सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै इजरेली वायु सेनाले भनेको छ, “शनिबारको घातक हमलामा आतङ्कवादीहरूलाई निर्देशन दिनेमध्येका एक गाजा सहरमा हवाई सेनाका प्रमुख मुराद अबु मुराद पनि हवाई आक्रमणमा मारिएका छन् ।”

गत राति भएको अर्को छुट्टै आक्रमणमा इजरेली वायु सेनाले गत शनिबार हमासले गरेको आक्रमणका क्रममा इजरेलमा घुसपैठ गर्ने हमास कमाण्डो फौजसँग सम्बन्धित दर्जनौँ स्थानमा आक्रमण गरेको बताएको छ । 

हमासल आतङ्कवादी सङ्गठनविरुछ इजरेललाई रक्षा गर्ने क्रममा इजरेली वायु सेना र इजरेली प्रतिरक्षा फौजले आक्रमणलाई जारी राखेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ