कोशीमा विकसित घटनाक्रमबारे निर्णय गर्न देउवाले बोलाए उपसभापति र महामन्त्रीको बैठक
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
2.8k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुको बैठक बोलाएका छन् ।
सभापति देउवाले आफ्नो निवास धुम्बाराहीमा सोमबार अपरान्ह ४ बजे बस्ने गरी बैठक बोलाएका हुन् । विशेषगरी बैठकमा कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सभापति देउवाले बैठक राखेका हुन् ।