arrow

प्रिमियर लिग रोचक मोडमा, चेल्सी टक्कर दिन थाल्यो

logo
प्रकाशित २०७३ कार्तिक १५ सोमबार
costa-and-hajard-win-selebre.jpeg

एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबल रोचक मोडमा पुगेको छ । गत सिजन संकटबाट गुज्रिएको चेल्सीले पनि शीर्ष स्थानको म्यान्चेस्टर सिटीसँग अंक दुरी कम गरेको छ ।

आइतबार राति सण्डरल्याण्डलाई घरेलु मैदानमै स्तब्ध पारेर चेल्सीले शीर्ष स्थानको म्यान्चेस्टर सिटीसँगको दुरी एक अंकमा झारेको हो । यद्यपि, गोल अन्तरमा भने चेल्सी सिटी भन्दा ६ गोलले पछि छ ।

सण्डरल्याण्डको मैदानमा चेल्सीले २–० को सहज जित निकाल्यो । उसलाई विजयी गराउन इडेन हाजार्ड र डिएगो कोस्टाले एक–एक गोल गरे ।

यो सँगै चेल्सीको १० खेलबाट २२ अंक भएको छ । योसँगै चेल्सी शीर्ष स्थानबाट तेस्रो स्थानसम्म रहेका क्लब बराबर सात खेलमा जित निकालेको छ । उसले २ खेल हार्दा १ खेल बराबरी गरेको छ ।

क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका म्यान्चेस्टर सिट, आर्सनल र लिभरपुलले समेत समान ७ खेल जितेका छन् भने सबैले समान २ खेल बराबरी र १ खेल हारेका छन् । टोटनह्याम भने दशौं चरण्को एक खेल मात्र खेल बाँकी छँदा अपराजित छ ।

पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका म्यान्चेस्टर सिट, आर्सनल र लिभरपुलको समान १० खेलबाट २३ अंक छ । सिटी गोल अन्तरका आधारमा अग्रस्थानमा छ । आइतबार राति भएको अर्को खेलमा एभर्टनले वेष्टह्यामलाई २–० ले हरायो ।

Eden Hazard scored another early goal for Chelsea as he opened the scoring at Southampton in just the sixth minute

Hazard cut inside down the right and planted a left-footed shot through the legs of Fraser Forster to put Chelsea 1-0 up

Chelsea players, led by David Luiz, celebrate Hazard's opening goal and their fast start to the Premier League encounter

Costa's goal ended Southampton's hopes at St Mary's and put Chelsea on the way to a fourth successive league win

Costa made it 2-0 to Chelsea in the second half with a wonderful curling effort which Forster could get nowhere near



नयाँ