arrow

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति

इजरेलबाट पीडित विद्यार्थीलाई नेपाल ल्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
bhanubhakta-2080-06-30.jpg

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले हमासको आक्रमणबाट पीडित विद्यार्थीहरू एवं नेपालीहरूको सुरक्षाको प्रत्याभूति र नेपाल ल्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

समितिको आजको बैठकले इजरेलमा हमासको आक्रमणबाट मृत्युवरण गरेका विद्यार्थीहरूको दिवङ्गत आत्माको चीरशान्ति र शोकाकुल परिवारजनमा समवेदना दिनुका साथै हमासको आक्रमणबाट पीडित विद्यार्थीहरू एवं नेपालीहरूको सुरक्षाको प्रत्याभूति र नेपाल ल्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको हो ।


समितिले चिकित्सा शिक्षा एवं सिटिइभिटीको सम्बन्धन र गुणस्तर लगायतका विषयमा अध्ययन प्रतिवेदनको लागि गठित उपसमितिको समयावधि कार्तिक २० गतेसम्म कायम गर्ने निर्णय गरेको छ । 

संसदीय समितिहरूको प्रयोजनार्थ सङ्घीय संसद सचिवालयबाट प्राप्त वार्षिक कार्यक्रम र विनियोजित रकमका सम्बन्धमा समितिका सदस्यहरूलाई अवगत समेत गराएको छ । 

त्यस्तै समितिले आवश्यकता ठहर गरेको विषयमा समस्या समाधान एवं गुणस्तर सुधारका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको कार्यक्षेत्र अन्तर्गतका विषय क्षेत्रगत उपसमिति वा कार्यदल गठन गर्ने निर्णय गरेको समिति सभापति भानुभक्त जोशीले बताए । 

उनले समितिले एम.वि.वि.एस अध्ययनरत एवं आन्दोलनरत विद्यार्थीहरूको मौका परीक्षा र शुल्क फिर्ता सम्बन्धी विषयका सवालमा सरोकारवाला निकायहरूसँग थप छलफल गर्ने, यस सम्बन्धमा समिति सदस्य सुमना श्रेष्ठको संयोजकत्वमा मा.विद्या भट्टराई र मा. ज्ञानु बस्नेत सुवेदीलाई उक्त मागको औचित्य र अध्ययन सम्बन्धमा जिम्मेवारी दिने निर्णय गरेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ