कुचिङ । मलेसियामा बुधबारदेखि हुँदै गरेको एएफसी सोलिडारिटी कप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिम मलेसिया पुगिसकेको छ ।
आइतबार मलेसिया गएको नेपालले सोमबार कुचिङ मैदानमा अभ्याससमेत गरेको छ ।
तर खराव मौसमका कारण वर्षा हुँदा अभ्यास भने त्यति राम्रो हुन नसकेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
वर्षाले गर्दा नेपाली टिमले घाँसे मैदानको सट्टा कृत्रिम मैदानमा अभ्यास गरेको हो ।
निकै उत्साही देखिएको नेपालले समूह चरणको पहिलो खेलमा आगामी शनिबार टिमोर लिस्टेसंग खेल्नेछ ।
त्यस्तै दोस्रो खेलमा कार्तिक २३ गते ब्रुनाइसंग खेल्नेछ । नेपालले एक खेलमात्र जिते पनि सेमिफाइनलमा ठाउँ पक्का गर्नेछ । नेपाल समूह ए मा रहेको छ ।
समूह बी मा भने श्रीलंका, मकाऊ, मंगोलिया र लाओस रहेका छन् । बुधबारको उदघाटन खेलमा भने बू्रनाइ र टिमोर लिस्टे खेल्नेछन् ।
अनिल गुरुङको कप्तानीमा रहेको नेपाली टिमलाई जापानी प्रशिक्षक ग्योतोकु कोजीले मुख्य प्रशिक्षण दिइरहेका छन् ।
त्यसतै प्रशिक्षकमा राजुकाजी शाक्य तथा गोलकिपर प्रशिक्षकमा उज्जल मानन्धर रहेका छन् ।
नेपाली टिम एन्फाका कोषाध्यक्ष विराटजंग शाहीको नेतृत्वमा मलेसिया गएको हो ।