arrow

एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्छ, ८४ को चुनावमा गठबन्धन गर्दै गर्दैनौँ – महामन्त्री थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
gagan-thapa-2080-07-02.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्ने बताएका छन् । बिहीबार नेपाल प्रेस युनियन काठमाडौंको एक कार्यक्रम महामन्त्री थापाले कुनै एउटा पार्टीको मात्रै सम्पूर्ण मन्त्रिमण्डल रहने गरी सरकार चलाउनुपर्ने बताएका हुन् । 

उनले समय निश्चित गरेर एउटा पार्टीलाई मात्रै सरकार चलाउन दिनुपर्ने बताए । उनले सत्तारुढ गठबन्धनका नेताहरूले राष्ट्रिय सहमतिको सरकार गठनको कुरा गरिरहेको उल्लेख गर्दै राष्ट्रिय सहमतिको सरकार आवश्यक नरहेको बताएका हुन् । उनले राष्ट्रिय सहमतिको सरकार बनाउँदा झन् धेरै भागबन्डा गर्नुपर्ने अवस्था आउने बताए । 

महामन्त्री थापाले कुनै एउटा पार्टीको मात्रै सम्पूर्ण मन्त्रिमण्डल रहने गरी सरकार चलाउनुपर्ने बताए । उनले भने – ‘०८४ सालमा हामी चुनावमा जाँदै गर्दा खेरी हामी गठबन्धनमा जाँदै जाँदैनौँ । कसैले कल्पनै नगरे हुन्छ । गठबन्धन गरेर जान्छु भन्यो भनेदेखि त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहने कुराको कल्पना नगरे हुन्छ । हामी एक्लै जान्छौँ ।' 

उनले निर्वाचन पूर्व गरिने गठबन्धनले लोकतान्त्रिक संस्कृतिलाई विकृत बनाउने बताए । उनले निर्वाचन पूर्वको गठबन्धन सैद्धान्तिक रूपमा गलत रहेको उल्लेख गर्दै कांग्रेसका आगामी महासमिति बैठक निर्वाचन पूर्वको गठबन्धनको विपक्षमा उभिनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ