arrow

दूरदृष्टि भएको नेता आवश्यक छ: नेता डा महत

logo
प्रकाशित २०७२ मंसिर २६ शनिबार
Prakash-Saran-Mahat-copy1.jpg.jpeg
इटहरी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले अहिले बिपी कोइरालाजस्ता दूरदृष्टि भएका नेताको आवश्यकता भएको बताएका  छन् ।  सुनसरीको इटहरीस्थित २ नं क्षेत्रीय पार्टी कार्यालयमा शनिवार स्थानीय नेता समक्ष डा महतले अहिले जसरी नेपाली जनताले दुःख र सास्ती भोगिरहेका छन् त्यसको सहज समाधान दिनका लागि नेता असफल भएको तथा सरकारले समेत केही विकल्पको खोजी गर्न नसकेको अवस्थामा नेपाली काँग्रेसले गतिलो विकल्प दिनुपथ्र्यो भने । 

मधेसी मोर्चाले गरेको आन्दोलन स्पष्ट माग र मार्गचित्रविहीन अवस्थामा रहेको बताउँदै डा महतले सीमाङ्कन र जनसङ्ख्याका आाधारमा निर्वाचन क्षेत्र हुनुपर्छ भनेर काँग्रेसले संविधान संशोधनका लागि प्रस्ताव राखि नै सकेको जानकारी दिए । डा महतले नेपाली जनताको ढाड भाँचिने गरी भारत सरकारले नाकाबन्दी गरेको र त्यसलाई आपूmहरुको आन्दोलन भन्ने मधेसी मोर्चाको हास्यस्पद तर्कले नेपाली जनताले मुक्ति पाउन नसक्ने बताए । 

‘लाचार सरकार’ 
नेकपा–माओवादीका नेता सिपी गजुरेलले शनिवार सुनसरी जिल्लाको इटहरीस्थित पार्टीको क्षेत्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अहिलेको सरकार ज्यादै लाचार र जनताप्रति जवाफदेही नभएको आरोप लगाए ।   पार्टी प्रशिक्षणका लागि यहाँ आएका नेता गजुरेलले भारतले नेपाली जनतामाथि संयुक्त राष्ट्र सङ्घको बडापत्र तथा एउटा असल छिमेकीले गर्नै नसक्ने बेइमानीपूर्ण नाकाबन्दी गरेर शत्रु मुलुकको जस्तो व्यवहार गरेको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ