arrow

नेपालले सोलिडारिटी कपमा राम्रो प्रदर्शन गर्छ – प्रशिक्षक कोजी

logo
प्रकाशित २०७३ कार्तिक १६ मंगलबार
nepal-coach-koji.jpeg
कुचिङ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक जापानका ग्योतोकु कोजीले नेपाली टिमले बुधबारदेखि मलेसियामा हुँदै गरेको एएफसी सोलिडारिटी कप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । 
 
प्रतियोगिताको प्रिम्याच कन्फ्रेन्समा बोल्दै कोजीले भनेका छन्, ‘म केही दबाबमा छु तर टिमले जित्नकै लागि खेल्नेछ ।’
 
कोजीले आफूले नेपाली टिम सम्हालेपछि निकै राम्रो फर्ममा रहेको पनि बताएका छन् । 
नेपालले पछिल्लो आठ महिनामा दुईवटामात्र खेल खेले पनि निरन्तर अभ्यासमा रहेकाले राम्रो खेल्ने कोजीले उल्लेख गरे ।
 
पछिल्लो आठ महिनामा नेपालले मलेसियाको यु–२३ र लाओससंग मैत्रिपूर्ण खेलेको छ । 
 
दुवै खेलमा नेपालले बराबरी गरेको थियो । 
 
प्रशिक्षक कोजीले ‘हामी जित्नका लागि मलेसिया आएका छौं र मलाई जितेरै फर्कन्छौ’ भने । 
 
निकै उत्साही देखिएको नेपालले समूह चरणको पहिलो खेलमा आगामी शनिबार टिमोर लिस्टेसंग खेल्नेछ । 
 
 
त्यस्तै दोस्रो खेलमा कार्तिक २३ गते ब्रुनाइसंग खेल्नेछ । नेपालले एक खेलमात्र जिते पनि सेमिफाइनलमा ठाउँ पक्का गर्नेछ । नेपाल समूह ए मा रहेको छ । 
 
 
त्यस्तै बु्नाइका प्रशिक्षक क्वोन ओ सनले खेलाडीहरु घाइते भए पनि राम्रो नतिजा दिने बताए । 
 
उनले मलेसियामा आफ्नो देश अनुकुलको मौसम  भएकाले साथ दिने प्रतिक्रिया दिए । 
 
एएफसी छनोट र अन्य केही खेल खेल्ने अवसर पाएकाले सोलिडारिटी कपमा राम्रो प्रदर्शन हुने ृउनले विश्वास व्यक्त गरे । 
 
त्यस्तै टिमोर लिस्टेका प्रशिक्षक फाबियो डा सिल्भाले आफ्नो टिम नतिजामा भन्दा पनि खेल प्रदर्शनमा लाग्ने बताए ।
 
उनले भने, ‘नतिजा के आयो म त्यसमा ध्यान दिन्न, तर खेलाडीले सतप्रतिशत खेलेकी खेलेनन् त्यो महत्वपूर्ण हो ।
 
प्रतियोगिताको उद्घाटन खेलमा बुधबार टिमोर लिस्टे र बु्रनाइ भिड्ने छन् । 
 



नयाँ