arrow

इजरेलले लेबनानी सीमा नजिकै थप बस्ती गर्‍यो खाली

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ६ सोमबार
Syria_Lebanon_Israel_Map.jpg.jpeg

काठमाडौं । इजरेलले दक्षिणी लेबनानमा इजरेल र लडाकुबीच सीमापार लडाइँ बढ्दै गएपछि लेबनानी सीमानजिकै थप १४ समुदायलाई खाली गर्ने योजना आइतबार घोषणा गरेको छ ।

इजरेली रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै बताएको छ ती बस्तीमा मुख्यतया सहकारी फार्म र किबुटजिम (गाउँहरू)लगायतका छन् ।

शुक्रबार रक्षा मन्त्रालयले उत्तरी इजरेली शहर किरियत शमोनाका बासिन्दालाई लेबनानी सीमा नजिकै २२,००० जनसङ्ख्या भएको बासिन्दालाई खाली गर्न आदेश दिएको हो ।

अक्टोबर ७ मा दक्षिणी इजरेलका शहर र सैन्य चौकीमा हमासले आक्रमण गरेको थियो । त्यसपछि इजरेलले गाजा पट्टीमा जवाफी हमला गर्दै लेबनानसँगको उत्तरी सीमामा रहेको लेबनानी सशस्त्र समूह हिज्बुल्लाह र प्यालेस्टिनी लडाकु समूहसित इजरेलको लडाइँ बढाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ