arrow

दशैँमा नाचिने दासाई नृत्य [भिडियो]

logo
युवराज रेग्मी,
प्रकाशित २०८० कार्तिक ६ सोमबार
santhal-dance.jpg

झापा । प्रत्येक वर्ष दशैँमा झापा र मोरङ जिल्लामा बसोबास गर्ने सन्थालहरू आफ्नो परम्परागत मौलिक जातीय नृत्य दासाईमा रमाउने गरेका छन् । आफूहरूलाई प्रकृति पूजक कहलाउने सन्थाल जातिहरू आदिकाल देखिनै हिन्दूहरूको महान् चाड दशैँ र तिहारको बेला दासाई नृत्यमा रमाउने गरेको पाइन्छ ।

 अघिल्ला वर्षहरू झैँ यस वर्ष पनि दशैँ मेलामा उनीहरूको बसोबास रहेको झापा र मोरङका विभिन्न स्थानका बजारहरूमा रमाइरहेको देख्न पाइन्छ । सन्थाल जातीको आफ्नो छुट्टै भाषा र लिपि छ। यो जाती सरकारद्वारा सूचीकृत आदिवासी जनजातिमध्ये आफ्नो छुट्टै मौलिक पहिचान बोकेको जाति मानिन्छ । संस्कार संस्कृति, भेशभूषा, साहित्य, भाषालिपिले गर्दा सांस्कृतिक रूपमा पनि यो जाति धनी छ ।

 सन्थाल जातिले बोल्ने भाषालाई 'सन्थाली' भनिन्छ ,सन्थालहरूले घरमा आफ्नै मातृभाषा प्रयोग गर्छन् । उनीहरूले दशैँ मेलामा निकाल्ने नृत्य पनि आफ्नै भाषाको गीत गाउँदै नाच्ने गर्दछन् तथापि अन्य जातिका व्यक्तिहरू पनि उनीहरूको मौलिक नृत्य हेर्दै दशैँ मेलामा रमाउने गरेको देखिन्छ । आफ्नै भिन्न पोशाक सहित दशैँ मेलामा निस्किने सन्थाल जातिको नृत्यले झापा र मोरङ जिल्लाका विभिन्न स्थानहरूमा लाग्ने दशैँ मेलामा रौनकता सहित आफ्नै मौलिकता बोकेको पाइन्छ । 

 पछिल्लो समय दशैँमेलामा मेला आयोजकले नृत्यको प्रतिस्पर्धा गराउने र उत्कृष्ट समूहलाई पुरस्कृत गराउने गरेका छन् । फलस्वरूप विभिन्न जातिको पहिचान झल्कने स्थानीय भेषभुसा सहितका सामूहिक जातीय नृत्यहरू सहित मेलामा सहभागी हुने क्रम बढेर गएको पाइछ ।  यस्ता मेलामा राजवंशी, ताजपुरिया धिमाल र विशेषगरि सन्थाल जाति आफ्नो फरक भेषभुसा सहित दशैँ मेलामा रमाउने गरेका छन् ।

 विशेषगरि झापामा गौरादह , गौरीगञ्ज , क्याम्पा ,लखनपुरमा , गरामुनी, सैनिकमोड , टाघनडुब्बा, फुलवारी , महाभारा, लालपानी, शरणामती, झापा बजार लगायतका बजारहरू तथा मोरङको रङ्गेली, रामचौक, दोहमना, आमतोला, लक्ष्मीपुर, कर्सिया, खोरकाटा, विसनपुर र लक्ष्मुनिया, राजघाट, होक्लाबारी, बयरवन र केरौनघाट लगायत आफ्नो बसोबास रहेको स्थानहरूका बजार हरूमा सन्थालहरूले आफ्नो मौलिक सांस्कृतिक नृत्यहरू प्रदर्शन गर्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ