arrow

सात सय ६२ मेगावाटको तमोरले ३ विद्युत परियोजना र डेढ सय घर डुबाउने

logo
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
tamor-river.jpeg
पाँचथर। सात सय ६२ मेगावाट क्षमताको तमोर जलशाययुक्त जलविद्युत् परियोजनाका कारण तमोर नदी किनारका करिब डेढ सय घर परिवार विस्थापित हुने भएका छन् । 
 
पिनासीघाट, माझीटार, नक्कलेघाट, लुबुघाट क्षेत्रमा बसोबास गर्दै आएका माझी र केही तामाङ घर परिवार प्रभावित हुने देखिएको छ । परियोजनाको लागि नदीमा बाँध निर्माण गरिएपछि ती बस्तीहरु डुबानमा पर्नेछन् । 
 
यससँगै तल्लो हेवा जलविद्युत् परियोजना र माथिल्लो हेवा जलविद्युत परियोजनाको विद्युत्गह तथा कावेली ए जलविद्युत परियोजना पनि डुबानमा पर्ने छन् । 
 
तमोर जलशाययुक्त जलविद्युत परियोजना सरोकार समितिका संयोजक तथा पूर्व सांसद वसन्तकुमार नेम्बाङका अनुसार बाँध निर्माण गरेर पानीको सतह ताप्लेजुङ र पाँचथर सीमा क्षेत्र हुँदै बग्ने काबेली नदीसम्म पुर्याइनेछ । 
 
परियोजनाबाट प्रभावित हुनसक्ने घर परिवार, भौतिक संरचना र जलविद्युत् परियोजनाबारे विस्तृत विवरण सर्भेक्षणपछि मात्रै आउने नेम्बाङले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ