arrow

‘म्याच फिक्सिङ्ग’ : कस्को कति मिलेमतो ? (सूचीसहित)

logo
प्रकाशित २०७२ मंसिर २६ शनिबार
sport-.jpg.jpeg
काठमाडौं । एसियन फुटबल महासंघ एएफसीले आजीवन खेल प्रतिबन्ध लागेका नेपाली पाँच खेलाडीले मिलेमतो गरेका खेल गतिविधि सार्वजनिक गरेको छ । एएफसीको अनुशासन कमिटीले प्रतिबन्धमा परेका सागर थापा, रितेश थापा, सन्दिप राई र बिकास सिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीले मिलेमतो गरेका खेल गविविधि सार्वजनिक गरेको हो । 
 
पाँच फुटबलर मध्ये सागर र रितेश बढी सक्रिय देखिएका छन् । थापाद्वयले २००८ अक्टोबर १७ तथा २००९ डिसेम्बर ९ मा अफगानिस्तान, २०११ अक्टोबर ११ मा फिलिपिन्सविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र २०११ कै अक्टोबर १५ मा मलेसियाविरुद्ध २३ वर्ष मुनिको प्रतियोगितामा मिलेमतो गरेको एएफसीको ठहर छ । यस्तै, राई अफगानिस्तान र फिलिपिन्सविरुद्धको मत्रीपूर्ण फुटबल र मलेसियाविरुद्धको २३ वर्ष मुनिको प्रतियोगिता मिलेमतोमा दोषी देखिएका छन् । 
 
यस्तै, क्षेत्री अफगानिस्तान र मलेसियाविरुद्धको खेल मिलेमतोमा संलग्न रहेका र अन्जन अफगानिस्तानविरुद्धका दुई मैत्रीपूर्ण फुटबलमा संलग्न रहेको खुलेको छ । कमिटीले अनुशासन नियम ६२ र ७९ अनुरुप दोषी ठहर गर्दै केही दिन अघि आजीवन प्रतिबन्ध लगाएको थियो । खेल मिलेमतोपछि पाँचै फुटबलरलाई प्रहरीले असोज २७ गते पक्राउ गरेको थियो । विशेष अदालतमा राज्यविरुद्धको अपराधको अभियोगमा मुद्दा खेपिरहेका उनीहरु कार्तिक २४ गते धरौटीमा रिहा भएका थिए ।
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ