कुचिङ । मलेसियाको कुचिङमा सुरु भएको एएफसी सोलिडारिटी कप फुटबलको उद्घाटन खेलमा ब्रुनाइ विजयी भएको छ । ब्रुनाइले टिमोर लिस्टेलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ ।
नेपालकै समूहमा रहेका यी दुई टोलीबीचको खेलमा ब्रुनाइ लाई जिताउने क्रममा अजवानले दुई तथा साराजेन र अदिले एक एक गोल गरे ।
यो खेलपछि ब्रुनाइले सेमिफाइनल यात्रा लगभग पक्का गरेको छ ।
नेपालले पहिलो खेलमा आगामी शनिबार टिमोर लिस्टेसंग खेल्नेछ । यो खेलमा विजयी भए नेपाल एक खेल खेल्नुअघि नै सेमिफाइनलमा पुग्नेछ ।
टिमोर पराजित हुँदा ब्रुनाइ र नेपालले अन्तिम खेल समूह विजेताका लागि खेल्नेछन् । नेपालको हार वा बराबरीले भने अन्तिम खेल निर्णायक हुनेछ ।