arrow

वडाध्यक्ष भट्टराईमाथि लेखापाल आत्महत्या दुरुत्साहनको आरोप

logo
युवराज रेग्मी, 
प्रकाशित २०८० कार्तिक १३ सोमबार
lekhapal-karki-suicide.jpg

झापा । झापाको कमलगाउँपालिका वडा न ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराईमाथि सोही वडा निवासी एक ब्यक्तिले गरेको आत्महत्या दुरुत्साहनको आरोप लागेको छ ।

झुन्डिएर आत्महत्या गरेका कमल गाउँपालिका वडा न  ६ का अनिल कार्कीलाई आत्महत्या गर्न लगाएको भन्दै मृतकका आफन्तजनले वडा अध्यक्षमाथि   आरोप लगाएका छ्न्  ।
  
आइतबार साँझ घरमै कार्की  झुन्डिएको अवस्थामा फेला परी पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो ।

 कार्कीको मृत्यु पश्चात आफन्तले शव बुझ्न मानेका थिएनन् ।

घटना पश्चात प्रहरीले कार्कीको शवलाई  पोस्टमार्टमका लागि राति नै  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान  पठाएको जनाएको छ । 
  
कार्कीका मामा खेमबहादुर बुढाथोकीले जनाएअनुसार कार्की र उनकी श्रीमतीबीच राम्रो सम्बन्ध नरहेको र निजले घरकलहकै कारण आत्महत्या गरेको हुन सक्ने जनाए ।

 केही दिनअघि कार्की र उनकी श्रीमतीबीच झैँ–झगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएका थिए । 

त्यसबेला वडाध्यक्ष भट्टराईले कार्कीलाई हातपातसमेत गरेको आफन्तको आरोप रहेको छ । कार्की  डिभिजन वन कार्यालय पाँचथरमा कार्यरत लेखापाल हुन् ।

हाल मृतकका आफन्तजनले इलाका प्रहरी कार्यालय दमक परिसरमा घटनाको दोषीलाई  पक्राउ गर्न भन्दै धर्ना दिइरहेका छ्न् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ