arrow

अशान्त पेरिसडाँडा : बस्नेतलाई आफ्नैको झटारो, मन्त्रीहरु फिर्ता बोलाउलान् त दाहाल ?

logo
प्रकाशित २०७२ मंसिर २७ आइतबार
mao-meet-fnl.jpg.jpeg
काठमाडौं । वर्तमान सरकारमा सहभागी मन्त्रीले प्रभावकारी रुपमा जनहितको  काम गर्न नसकेको भन्दै चर्को आलोचना भएको छ । एमाओवादीको शनिबार बसेको स्थायी समिति बैठकमा जनतालाई सेवा दिने र जनताको पक्षमा काम गर्ने लक्ष्यका साथ वर्तमान सरकारमा सहभागी भएको भए पनि मन्त्रीहरुको कार्यशैली सुस्त र जनपक्षीय नभएको भन्दै आलोचना भएको हो ।
 
यसअघि, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक कार्यक्रममै मन्त्रीहरुले जनहितको काम गर्न नसके तत्काल फिर्ता बोलाउने उद्घोष गरेका थिए । उनले पटक–पटक काम नगर्नेलाई तु फिर्ता बोलाउने बताउँदै आएका छन् ।  
 
भारतीय नाकाबन्दीले मुलुक समस्यामा परेका अवस्थामा युद्धस्तरका काम गर्नुपर्नेमा सामान्य अवस्थामा जस्तो काम गरेको, पार्टी जनता र मुलुकको अवस्थालाई ख्याल गर्नुपर्नेमा त्यसो नभएकोबारे तित्त बुझ्दो जवाफ माग भएको छ ।  
 
गृहमन्त्री शक्तिबहादुर बस्नेतको भूमिकाप्रति अधिकांश स्थायी समिति सदस्यले आपत्ति जनाए । सदस्यहरुले भूकम्पपीडितको नाममा चीन भ्रमणमा भूकम्प पीडित क्षेत्रका नागरिकलाई पठाउनुु पर्नेमा पार्टी अध्यक्ष पुष्पकमल दाहालका नातिनी र गृहमन्त्री बस्नेतले आफ्नै छोरीलाई पठाएको भन्दै आपत्ति जनाएका थिए । आफ्नैले झटारो हानेपनि मन्त्री बस्नेत झन् थलिएका छन् । 
 
भूकम्प पीडित क्षेत्रका जनता, पार्टीको तल्लास्तरका कार्यकर्तालाई चीन भ्रमणमा पठाउनुपर्नेमा आफ्नै घरकालाई किन पठाएको भन्दै गृहमन्त्री बस्नेतलाई फिर्ता समेत बोलाउनुपर्ने स्थायी समिति सदस्यहरुको जोड छ । मन्त्री बस्नेतले आफ्नै आफन्त भूकम्पपीडित रहेको जवाफ दिएका छन् । स्थायी समिति सदस्यद्वय जनार्दन शर्मा र गोपाल किराँतीले सरकारमा गएका मन्त्रीको व्यवहार र कार्यशैली हेर्दा पार्टीले जस लिने ठाउँ नभएको भन्दै बानी सुधार नगरे पार्टीको साखसमेत गुम्ने खतरा रहेका औंल्याए ।  
 
बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारमा सहभागी मन्त्रीको कार्यशैली गलत, अपारदर्शी भएको भन्दै चको आलोचना गरे । श्रेष्ठले मन्त्रीहरुले अटेरी प्रवृत्ति जारी राखे सरकार सञ्चालन तथा समन्वय समितिको संयोजकको तर्फबाट राजीनामा दिएर पार्टी काममा मात्रै केन्द्रित हुने धारणा राखे । बैठकमा महासचिव कृष्णबहादुर महरा, कोषाध्यक्ष एवं कृषि विकास मन्त्री हरिबोल गजुरेल र प्रवक्ता दीनानाथ शर्मा भने सहभागी थिएनन् । 
 
जनमूखि योजना ल्याउन जोड
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबारै बसेको केन्द्रीय समितिको बैठकमा धारणा राख्ने नेताहरुले जनतामा फर्क र जनताबाट सिक भन्ने नाराका साथ पार्टी जनतामा जानुपर्ने धारणा राखेका छन् । पार्टीको अवस्था कमजोर भएकाले तत्काल सङ्गठन सुदृढीकरणसम्बन्धी कार्ययोजना ल्याउन नेताहरुले आग्रह गरेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए । शनिबार  दश केन्द्रीय सदस्यले आफ्नो धारणा राखे ।  धारणा राख्ने क्रम आइतबारसम्म सकिने र सोमबार पार्टी अध्यक्ष दाहालले बैठकमा उठेका समग्र विषयको जवाफ सहितको वक्तव्य राखेपछि बैठक सकिने छ । वेब:तस्वीर 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ