arrow

आन्दोलनमाथि आन्दोलन, पूर्वमा लिम्बुवान चाहियो

logo
प्रकाशित २०७२ मंसिर २७ आइतबार
Limbuwan-Banda.jpg.jpeg
मोरङ । मधेसमा जारी आन्दोलनले मुलुक सकसमा रहेकै बेला फेरि अर्को आन्दोलन उठेको छ । संघीय लिम्बुवान पार्टी नेपालको असन्तुष्ट पक्षले पूर्वका नौ जिल्ला बन्द आह्वान गरेको हो । बन्दले पूर्वका नौ वटै जिल्लाको जनजीवन कष्टकर भएको छ । 
 
प्रदेश सीमाङ्कनकै विषयलाई लिएर मधेसमा जारी आन्दोलनको राप कम हुन नपाउँदै सुनसरी, मोरङ र झापालाई प्रदेश नम्बर १ बाट टुक्र्याउन नहुने र अरुण पूर्वका ९ जिल्लालाई लिम्बुवान घोषणाको माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालको असन्तुष्ट पक्षले अनिश्चितकालीन बन्द गरेको हो ।
 
मधेस केन्द्रित दलहरुले सुनसरी मोरङ र झापालाई प्रदेश १ बाट अलग गर्नुपर्ने शर्त राखेका छन् । मधेसी दलले मागेको बहुराष्ट्रिय राज्यकै अवधारणा अनुसार लिम्बुवानहरुले पनि जातीय राज्यको माग गरेका छन् । मधेस र पूर्व बन्दले सुनसरी, मोरङ, झापा, पाँचथर, इलाम, ताप्लेजुङ, धनकुटा, संखुवासभा र तेह्रथुम जिल्लाको जनजीवन थप कष्टकर भएको छ । 
 
त्यहाँ, उद्योग, कलकारखाना, विद्यालय, क्याम्पस र यातायातका साधन बन्द छन् । मधेसी मोर्चासँग गठबन्धन गरी आन्दोलनमा मिलेमतो गरेको आरोपमा असन्तुष्ट पक्षले बन्द आह्वान गरेको लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देन बताए । पछिल्लो समय जातीय राज्यको मागले बढी ठाउँ पाएको छ । मधेसी, थारु र जनजातीले बहुराष्ट्रिय राज्यको अवधारणाको मागलाई बढावा दिएका छन् । 
 
जसले शीर्ष तीन दल र असन्तुष्ट पक्षबीचको संवादको दूरी बढाउँदै लगेको छ । सीमाङ्कनकै विषयले सत्ताधारी र विपक्षीबीचमै चिसो उत्पन्न भएको छ । दलीय तिक्तताकै कारण संविधान संशोधनको विषय समेत जटिल बन्दैछ । रुपान्तरित व्यवस्थापिका संसदले संविधान संशोधन गर्ने वातावरणको सम्भावना समेत क्षीण हुँदै गएको छ । फाइल : तस्वीर 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ