arrow

भारतीय राष्ट्रपति मुखर्जीलाई केयुको महाविद्यावारिधि

logo
प्रकाशित २०७३ कार्तिक १८ बिहिबार
Indian-President-Ku-Convocation.jpeg

काठमाडौ‌ । भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाडौ‌ विश्वविद्यालयले प्रदान गरेको मानार्थ महाविद्यावारिधिको उपाधिद्वारा विभूषित भएका छन् ।

नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीलाई विशेष दीक्षान्त समारोहका बीच प्रधानमन्त्री एवं सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले महाविद्यावारिधिको उपाधिले विभूषित गरेका हुन् ।

काठमाडौँ विश्वविद्यालयले भद्रकालीस्थित आर्मीअफिसर्स क्लबमा आयोजित विशेष दीक्षान्त समारोहमा शिक्षामन्त्री एवं सो विश्वविद्यालयका सहकुलपति धनिराम पौडेल, सोही विश्वविद्यालयका उपकुलपति प्राध्यापक रामकण्ठ मकाजु श्रेष्ठलगायत विशिष्ट व्यक्ति सहभागि थिए ।

समारोहमा मन्त्रीहरु, नेपालका लागि भारतका राजदूत रणजीत राय, राष्ट्रपति मुखर्जीका भ्रमणमा रहेका सदस्य समेत सहभागि भए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ