arrow

म्यानचेष्टर युनाइटेडको अधोगति कायमै, रिसाए मौरिन्हो

logo
प्रकाशित २०७३ कार्तिक १९ शुक्रबार
maurinho.jpeg
स्तानबुल । इङलिश प्रिमियर लिग क्लव म्यानचेष्टर युनाइटेडको अधोगति कायमै छ । प्रिमियर लिगमासमेत उल्लेख्य फड्को मार्न नसकको म्यानचेष्टरले युरोपा लिग फुटबलमा पनि उल्लेख्य प्रदर्शन गर्न सकेको छैन । 
 
After falling 2-0 down, United struggled to make chances before Wayne Rooney's late goal
 
बिहीबार रातिको खेलमा म्यानचेष्टर युनाइटेड टर्कीको क्लव फेनरबाचेसंग २–१ ले पराजित भयो । 
 
Moussa Sow's brilliant overhead kick saw a shell-shocked United trailing inside two minutes
 
फेनरबाचेको मैदानमा भएको खेलमा दोस्रो मिनेटमै मौसा सोले गोल गर्दैै अग्रता दिलाए । 
 
Jeremain Lens (right) wheels away after doubling his side's lead with a curling free-kick
 
जेर्माइन लेन्सले ५९ औं मिनेटमा गोल गर्दै फेनरबाचेलाई २–० ले अग्रता दिलाए । 
 
Mourinho included Henrikh Mkhitaryan in his squad for the first time since mid-September
 
८९ औं मिनेटमा वाइने रोनीले गोल गर्दै म्यानचेष्टरलाई गोल अन्तर कम गर्ने प्रयास गरे । 
 
तर त्यत्तिन्जेल निकै ढिला भएको थियो । यो हारले भने म्यानचेष्टर युनाइटेडका म्यानेजर जोजे मौरिन्होको पारो तातेको छ । 
 
मौरिन्हो हारपछि खेलाडीहरुसंग रुष्ट बनेका छन् । उनले फेनरबाचेले च्याम्पियन्स लिगको फाइनलजस्तै गरी खेलेको तर हाम्रा खेलाडीले समरकालको मैत्रिपूर्ण खेल खेलेको भन्दै आफ्ना खेलाडीको तुना कसे । 
 
Jose Mourinho did not hold back in criticising his players after the defeat by Fenerbahce
 
खेल जित्ने म्यानचेष्टर खेलाडीले खुवै मेहनत गरे पनि गोल गर्न सकेनन् । 
 
यो हारले समूह ए मा रहेको म्यानचेष्टर युनाइटेड ४ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा झरेको छ । 
 
यो समूहको खेलमा बिहीबार राति फेयेनोर्ड र जोर्याले १–१ को बराबरी खेलेका छन् । फेयेनोर्ड र फेनरबाचेको ७–७ अंक छ । 
 
युरोपा लिगका समूह बी का खेलमा एस्तानाले ओलम्पियाकोससंग १–१ को बराबरी खेल्दा निकोसियाले यङ्ग ब्याइजलाई १–१ ले हरायो । 
 
समूह सी को खेलमा एन्डरलेचले मेन्जलाई ६–१ ले तथा सेन्ट एटिनेले कबालालाई २–१ ले हरायो । 
 
एएस रोमाले अष्ट्रिया वाइनलाई ४–२ ले तथा एथलेटिक बिलबाओले जेन्कलाई ५–३ ले पराजित गर्यो । 
 
आयाक्सले सेल्टाभिगोमाथि ३–२ को विजयी नतिजा हासिल गर्दा शक्तर दोनेस्कले जेन्टलाई ५–३ ले हरायो । 
 



नयाँ