arrow

जापानले दुई करोड बढी अनुदान दिने

logo
प्रकाशित २०७३ कार्तिक १९ शुक्रबार
Japan-Nepal-bb.jpeg
काठमाडौँ। जापान सरकारले चितवन जिल्लामा विपद् जोखिम न्यूनीकरण परियोजना कार्यान्वयन गर्न  २ करोड ४५ लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । 
 
चितवनको मादी नगरपालिका र लोथर गाविसमा बाढी नियन्त्रणका लागि जापानले उक्त रकम उपलब्ध गराउन लागेको हो । 
 
चितवनस्थित जापानी राजदूतावासमा शुक्रबार आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावा तथा जापानी गैरसरकारी संस्था सप्ला सिटिजन्स कमिटिका देशीय निर्देशक तोयाकी कोमातिसुले अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे। 
 
सप्ला सिटिजन्स कमिटी र चितवनस्थित गैरसरकारी संस्था ग्रामीण पुनःनिर्माण नेपाल नामक संस्थाले स्थानीय तहमा बाढीपहिरोलगायत विपद् जोखिम न्यूनीकरणमा सहकार्य गर्दै आएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ