arrow

ऋषि धमलाको घरमा आगलागी

logo
प्रकाशित २०७२ मंसिर २७ आइतबार
aglagi.jpg.jpeg
काठमाडौ । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको काठमाडौ रानीबारीस्थित निवासमा आगलागी भएको छ ।

आइतबार विहान भान्सा कोठाबाट आगो सुरु भएको थियो । आगलागीबाट भान्सा कोठामा रहेको किचन र्याक, दराज, कपडाका सुटकेसहरु, फिज, भाडाकुडा, ओछ्याउन, ईन्र्भटर र महत्वपूर्ण कागजात नष्ट भएको छ ।

आगलागि नेपाल प्रहरी, काठमाडौ महानगरपालिकाको बरुण यन्त्र र स्थानीयको प्रयासमा नियन्त्रणमा आएको थियो । विहान ७ ः १५ बाट सुरु भएको आगो करिब एक घण्टाको प्रयासमा नियन्त्रणमा आएको हो ।

धमलाले विद्युत सर्ट भएर आगलागि सुरु भएको र १० लाख बढीको क्षति भएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ