arrow

नरिवल र फलफूलको कारोबारमा वृद्धि

logo
प्रकाशित २०७३ कार्तिक २० शनिबार
chhath-puja.jpeg
इनरुवा । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा नरिवल र अन्य फलफूलको कारोबारमा वृद्धि भएको छ । 
 
छठ पर्वका अवसरमा उपयोग गरिने नरिवल, उखु, मुला, कागती, सुन्तला, सख्खरका साथै बाँसबाट बनेको नाङलो, कोनियाँ र माटोको भाँडाकुडा लगायत समानको कारोबारमा वृद्धि भएसँगै यी समानको मूल्य समेत बढेको छ । मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन् । 
 
अहिले बजारमा प्रतिगोटा  ७० देखि एक सय सम्ममा नरिवलको खरिद बिक्री भएको नरिवल व्यापारी राजेन्द्र शर्माले बताए । तिहारमा समेत नरिवल बिक्री बढी भएकाले छठपर्वमा यसको मूल्य अकासिएको व्यापारी शर्माको भनाइ छ । 
 
सुनसरीमा बार्षिक रुपमा तिहार र छठमा रु ५० लाख भन्दा बढीको नरिवलको कारोबार तथा खरिद बिक्री हुने गरेको अनुमान व्यापारीको रहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ