arrow

देउसी भैलीबाट संकलित रकम शिक्षकको तलव

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ कार्तिक २० शनिबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर । पाँचथरको फिदिम नगरपालिका ५ स्थित सुखवोध माविले खेलेको देउसी भैली बाट ६ लाख १३ हजार ४ सय ४ रुपैया रकम संकलन गरेको छ । 
 
संकलित रकम विद्यालयमा अङग्रेजी माध्यमबाट पठनपाठन भइरहेको र त्यसका लागि निजी शिक्षक राखिएको हुँदा ती शिक्षकको तलव खर्च,तथा विद्यालयको शैक्षिक,आर्थिक,एवम भौतिक सुधारका लागी खर्च गरिने विद्यालयका प्रधानाध्यापक पुष्प भण्डारीले जानकारी दिए ।
 
भण्डारीले भने ,“ निजी शिक्षकको तलव खर्च बाहेक अन्य रकम विद्यालयको खेलमैदान विस्तार,र शैक्षिक सामाग्री खदिर गरिनेछ ।” फिदिम वजार आसपासको क्षेत्रमा गत कार्तिक १२ गतेदेखि १९ गते सम्म देउसी भैलो खेलिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ