arrow

हड्ताल सिथिल बनेपछि जनजीवन सामान्य

logo
प्रकाशित २०७२ मंसिर २७ आइतबार
Siraha.jpg.jpeg
गोलबजार (सिरहा) । लामो समयदेखि जारी संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चाको हड्ताल बिस्तारै खुुकुुलो हुँदै गएपछि जनजीवन सामान्य बन्दै गएको छ । 

लहान, मिर्चैया, गोलबजारलगायत बजार आइतबारदेखि पूूर्ण रुपमा खुुलेको छ । शैक्षिक संस्था बिहानको समयमा सञ्चालनमा आउन दिने भनी मोर्चाले निर्णय गरेपछि बिस्तारै बजार पनि खुुलेको हो । 

बजार खुुलेपछि बिस्तारै जनजीवन सामान्य बनेको गोलबजारका व्यापारी महेश साह बताउँछन् । मधेसी मोर्चाको हड्तालका कारण साढे तीन महिनादेखि पूूर्ण रुपमा ठप्प रहेका सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्था समेत सञ्चालनमा आएका छन् । 
लहानमा दुुई दिन अगाडि खाना पकाउने ग्यास र शनिबार पेट्रोल समेत वितरण गरिएपछि धेरै राहत भएको सर्वसाधारणको भनाइ छ । बजार खुुलेपछि बिस्तारै सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । जाडो बढेसँगै कपडा पसलमा बाक्लो कपडाको बिक्री ह्वात्तै बढेको छ । 

सिरहाका मूल नाका माडर र ठाडी हुँदै भारतीय बजारको सामान आयात हुुने क्रम बिस्तारै बढ्दै गएको छ । सवारी साधन भने नचल्दा व्यापारिक प्रयोजनका लागि सामान ल्याउन भने अप्ठ्यारो भइरहेको व्यापारी बताउँछन् । 

दिनमा सवारी साधन नचलेपछि राति ढुुवानी गर्नुुपर्दा बजारमा दैनिक उपभोग्य वस्तुु भने महँगोमा खरिद गर्न उपभोक्ता बाध्य छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ