arrow

तीन महिनामा डेढ अर्ब भन्दाबढी राजस्व सङ्कलन

logo
प्रकाशित २०७३ कार्तिक २० शनिबार
Tax.jpg.jpeg
पोखरा। आन्तरिक राजस्व कार्यालय पोखराले चालू आर्थिक वर्ष २०७३/ ७४ को तीन महिनामा १ अर्ब ५४ करोड ६८ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । 
 
कार्यालयले सो आवको साउन, भदौ र असोज महिनामा रु एक अर्ब सात करोड ४९ लाख ४४ हजार राजस्व सङ्कलन गर्ने लक्ष राखेको थियो । राजस्व सङ्कलन १४३ प्रतिशतसम्म भएको छ । जस अन्तर्गत आयकरमा रु ३६ करोड २५ लाख ८२ हजार, मूल्य अभिवृद्धि करमा रु २८ करोड ८२ लाख ७४ हजार, अन्त शुल्कमा रु ७९ करोड ८४ लाख ६५ हजार, घर भाडामा रु तीन करोड १५ लाख २७ हजार र स्वास्थ्यमा रु एक करोड ९६ लाख ९२ हजार र बाँकी अन्य शिर्षकमा राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी विजय लामिछानेले जानकारी दिए । 
 
कार्यालयले आयकरमा १५३, घर भाडामा १२८, मूल्य अभिवृद्धिकरमा ११९, अन्तशुल्कमा १६४ र स्वास्थ्य सेवामा १६४ प्रतिशत कर सङ्कलन गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ