arrow

लगानीको सहयात्री खोज्दै आएका चिनियाँ लगानीकर्ताको महासंघ प्रतिनिधिसँग भेट

logo
प्रकाशित २०७३ कार्तिक २० शनिबार
China_Fncci.jpeg
काठमाडौं । नेपालमा लगानी गर्ने इच्छा सहित चिनियाँ लगानीकर्ताहरू नेपाली सहयात्री खोज्दै नेपाल उद्योग वाणिज्य महासंघमा पुगेका छन् । शुक्रबार चीनको युनान प्रान्तका वाणिज्य विभागका उपमहानिर्देशक याङ हुई नेतृत्वको ७ सदस्यीय प्रतिनिधिमण्डलले महासङ्घका पदाधिकारीसँग जल संरक्षण, ऊर्जा, सडक, पुल, पूर्वाधार निर्माण, लगानी तथा आयात–निर्यातका क्षेत्रमा आपसी सहकार्यका सम्भाव्यताबारे छलफल गरेको महासंघका बैंकिङ समितिका सभापति शंकरप्रसाद पाण्डेले जानकारी दिए । 
 
नेपालमा समेत आफ्नो सम्पर्क कार्यालय गठन भईसकेको जनाउने चिनियाँ कम्पनीले विशेषगरी उर्जा क्षेत्रमा लगानीगर्नको लागि नेपाली सहयात्री खोज्दै उद्योग वाणिज्य महासंका प्रतिनिधिहरूसँग भेटघाट गरेको थियो । प्रतिनिधिमण्डलले उर्जा बाहेक पनि सडक कृषि निर्माण लगायतका क्षेत्रमा लगानी गर्न आफूहरू इच्छुक रहेको बताएको थियो । 
 
लगानीको वातावरण तथा अवसरबारे जानकारी लिने उद्देश्यले नेपालको साताव्यापी भ्रमणमा रहेको उक्त चिनियाँ प्रतिनिधिमण्डललाई महासंघ प्रतिनिधिहरूले नेपालको जुनसुकै क्षेत्रमा लगानीगरेको खण्डमा पनि नेपाल उद्योग वाणिज्य महासंघ चिनियाँ लगानीकर्तालाई सहयोग गर्न तयार रहेको बताएका थिए । उनीहरू आफ्नो आवश्यक प्रक्रिया पूरा गरी पुनः भेटघाट गरी शर्त तथा बन्देजहरुको विषयमा थप छलफल गर्ने प्रतिवद्धतासहित फर्किएका थिए । 
 
भेटमा महासङ्घका तर्फबाट उपाध्यक्ष दिनेश श्रेष्ठ, ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान, महासङ्घको बैंकिङ समितिका सभापति पाण्डेलगायत नेपाली व्यवसायी रहेका थिए । चिनियाँ पक्षले महासङ्घ र युनानका व्यवसायी र उद्यमीबीच नियमित भेटवार्ता, व्यापारिक भ्रमण, सूचना तथा जानकारीको आदानप्रदानमा जोड दिएको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ