arrow

नेपाल शनिबार पूर्वी टिमोरविरुद्ध जितका लागि उत्रने

logo
प्रकाशित २०७३ कार्तिक २० शनिबार
Coach-in-training--nepali-team-news.jpeg
काठमाडौँ । एएफसी सोलिडारिटी कप अन्तर्गत नेपालले शनिबार पूर्वी टिमोरसँग पहिलो खेल खेल्दैछ । मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा नेपाली समय अनुसार साँझ सवा ५ बजे मैदानमा उत्रँदा नेपाल जितको खोजीमा हुने निश्चित छ ।
 
 कारण नेपाल पूर्वी टिमोरभन्दा बलियो प्रतिद्वन्द्वी मानिन्छ । हुन पनि नेपालले सन् २०११ मा काठमाडौँमा भएको विश्वकप छनोटका दुवै खेलमा पूर्वी टिमोरलाई भारी अन्तरले पराजित गरेको थियो । सोक्रममा नेपालले पहिलो खेलमा २–१ तथा दोस्रो खेलमा ५–० को जित दर्ता गरेको थियो । जारी प्रतियोगिताको पहिलो खेलमा पनि पूर्वी टिमोर ब्रुनाईसँग ४–० ले पराजित भइसकेको छ । तसर्थ पनि यो टोलीलाई तुलनात्मक कमजोर मानिएको छ । 
 
खेलअघिको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक ग्योतुकी कोजीले भने नेपालले पूर्वी टिमोरलाई कमजोर प्रतिद्वन्द्वी नठान्ने बताउनुभयो । नेपालका लागि सुःखद यो हुन सक्छ, यसअघि हातको शल्याक्रिया गरेका भरत खवासले खेल्ने सम्भावना छ । उहाँ नेपाली टोलीका भरपर्दा स्ट्राइकर हुनुहुन्छ । गत वर्ष बङ्गलादेशमा भएको बगबन्धु कप र लगत्तै १२ औँ दक्षिण एसियाली खेलकुद (साग)को फुटबलतर्फ स्वर्ण जितेको नेपालको हाल उच्च मनोबल छ । अहिले नेपाललगत्तै तेस्रो उपाधि जित्ने दाउमा छ । 
 
समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल मङ्गलबार ब्रुनार्ईविरूद्ध खेल्नेछ । यो समूहमा पाकिस्तान र बङ्गलादेशले अन्तिममा आफ्नो नाम फिर्ता लिएपछि तीन टोली मात्र छन् । नेपालले आज पूर्वी टिमोरलाई हराएका खण्डमा मात्र पनि सेमिफाइनलको यात्रा तय गर्नेछ । सोलिडारिटी कप एसिया क्षेत्रमा कमजोर फिफा विश्व वरियता भएका राष्ट्रको प्रतियोगिता हो । रासस 



नयाँ